​नेप्सेमा सामान्य गिरावट, ४६ करोड ८० लाखको कारोबार

सोमबार, भाद्र ७, २०७२ साल,
काठमाडौं । गत साता १२०० अंक पार गरेर हालसम्मकै उच्च रेकर्ड बनाएको नेप्से यो साता भने लगातार २ दिन घटेको छ । ठुला लगानीकर्ताहरु नाफा सुरक्षित गर्न तर्फ लागेपछि नेप्से ओरालो लागेको हो ।बजारमा कारोबार भएकामध्ये अधिकास समूहको परिसूचक घटेपछि नेप्से घटेको हो ।

आइतबार देखि बजारको बृद्धिदरमा ब्रेक लागेको हो । आइतबार र सोमाबार लगातार २ दिन जनजातिहरुले नेपाल बन्दको आयोजना गरेका थिए । तर बजारमा बन्दको ठूलो असर देखिएन । सोमबार नेप्से २.९२ अंकले घटेर ११८१.७५ अंकमा पुगेको छ । सोमबार सेयरबजारमा १२९ कम्पनीका २ हजार ७ सय ५६ कारोबारबाट २० लाख ४८ हजार किता शेयर ४६ करोड ८० लाख रुपैयाँ बराबरमा किनबेच भएका छन । नेप्सेमा सूचीकृत २३२ कम्पनीमध्ये १०६ कम्पनीको डिम्याट कारोबार शुरु भएकाले पनि बजारमा माग बढेपनि कारोबार रकम भने बढ्न सकेन ।

बजार सकरात्मक बाटोमा नदेखिएपनि मंगलबार बजारमा वाणिज्य बैंकहरुमै लगानीकर्ताको चाप बढेको छ । वाणिज्य बैंकका शेयर नपाउने लगानीकर्ताहरु आर्कषक विकास बैंक र वीमा कम्पनीतर्फ मोडिएका छन । यद्यपी सबैभन्दा बढि कारोबार गर्ने कम्पनीमा भने चिलीमे हाईड्रो अग्रपत्तिमा परेको छ । यो दिन इन्स्योरेन्स कम्पनीको सूचक १३१.६ अंकले बढेको छ । त्यस्तै विकास बैंक समूहको सूचक २५ अंकले बढेको छ । 

यसदिन सबैभन्दा बढि चिलीमेकोे २ करोड ९६ लाख बराबरको कारोबार भएको छ । प्रभुले पनि २ करोड बढिको कारोबार गरेको छ । सनराईज, नबिल, सिटीजन, ग्लोबल आइएमई, एभरेष्ट लगायतले करोड कटाएका छन । सोमबारको कारोबारमा सेवा विकास बैंक कमाउने र माउण्ट मकालु सबैभन्दा बढि गुमाउने कम्पनीमा परेका छन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411