​गतहप्ता नयाँ कीर्तिमान बनाएपछि नेप्से आइतबार १६ अंकले घट्यो

आईतवार, भाद्र ६, २०७२ साल,

काठमाडौं । गत हप्ता उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान बनाएको सेयर बजार यो साताको पहिलो दिन भने ओर्लिएको छ। आइतवार नेप्से सुचक १६ अंकले झरेर ११ सय ८४ अंकमा रहेको छ। 
 
कारोवार सुरु भएको १ घण्टामै नेप्से परिसुचक २८ अंकले झरे पनि त्यसपछि केही सम्हालिएको थियो। यस दिन कुल १ सय ४१ कम्पनीको १६ लाख ९४ हजार कित्ता सेयर किनबेच भयो। ति सेयरबाट ५८ करोड ३१ लाख रुपैयाँ बराबरको कारोवार भएको नेप्सेले जनाएको छ। यस दिन बैंकिङ समूहमा १९, होटल समूहमा ५१ र अन्य समूहमा २९ अंकको गिरावट आएको छ। बिमा समूह ९ अंकले बढ्यो भने अन्य सबै समूह ऋणात्मक रहे। 
 
यस दिन प्रभु बैंकको ५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। त्यस्तै ग्लोबल आईएमई बैंक, चिलिमे हाइड्रो, स्टाण्डर्ड चार्टड र सिटिजन्स बैंक तथा नेपाल बंगलादेश बैंकको पनि २ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोवार भयो। 
समग्र सेयर बजार ओर्लिए पनि प्रिमियर इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले ९/९ प्रतिशत बढी सेयर नाफा कमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411