​१४ अंकले बढ्यो नेप्से, साढे २६ करोडको कारोबार

आईतवार, पौष २०, २०७१ साल,
काठमाडौं, पुस २०। साताको पहिलो दिन आइतबार १३.८२ अंकले बढेर नेप्से परिसूचक ९१७.५० अंकमा पुगेको छ ।

आइतबार १ सय १७ कम्पनीका ५ लाख ५२ हजार कित्ता सेयर २६ करोड ६१ लाख रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो दिन वाणिज्य बैंक समुहको सूचक १३.४७ अंकले बढेको छ भने यो समुहको मात्रै १४ करोड १६ लाख रुपैयाँको कारोबार भयो ।

त्यसैगरी, होटलको ०.४४ अंकले, विकास बैंकको ११।४५ अंकले, जलविद्युतको २३.३६ अंकले, वित्त कम्पनीको ३.७२ अंकले, बीमाको १२२.८३ अंकले र अन्य समुहको सूचक १.१८ अंकलेब ढेको स्टकले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411