​नयाँ रेकर्डमा रहेको सेयर बजारले १२ सय अंक नाघ्यो,

बिहीवार, भाद्र ३, २०७२ साल,
काठमाडौं । बिहिवार सेयर बजारको मापन गर्ने अंक ९ अंकले बढेको हो। ९ अंकको बृद्धिपछि नेप्से परिसूचक १२ सय दशमलव ९२ अंकमा पुगेको छ। पुँजी बजारमा यो अंक हालसम्मकै उच्च हो। 
 
नेप्सेमा सुचिकृत क वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सिटिभ इन्डेक्समा २ दशमलव १५ अंकको बृद्धि भएको छ। कुल ७७ करोड ३१ लाख रुपैयाँको १६ लाख १२ हजार कित्ता सेयर किनबेच भयो। बिहिवार १ सय ४५ कम्पनीको सेयर कारोवार भएको थियो। 
 
कारोवार सुरु भएको आधा घण्टामै १२ सय २० अंक नाघेको सेयर बजार त्यसपछि क्रमिक रुपमा ओर्लिएको थियो। कारोवार बन्द हुने समयसम्म आउँदा नेप्सेको बृद्धिदर ९ अंकमा मात्रै सीमित हुन पुग्यो। 
 
यस दिन बैंकिङ समूहमा ८. ४४, होटल समूहमा २१.३१ तथा विकास बैंक समूहमा १०.४२ अंकको बृद्धि भएको छ। त्यस्तै उत्पादन समूहमा २२.९८ र टेलिकम सुचिकृत अन्य समूहमा १६.४५ अंकको बृद्धि रह्यो। यस दिन हाइड्रो समूहमा १५.९ अंकको गिरावट रह्यो भने फाइनान्स र बिमा समूहमा झिनो अंकको बृद्धि भएको छ। 
 
प्रभु बैंकको सबैभन्दा धेरै रकमको सेयर कारोवार भयो। उसको ७ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। त्यसपछि सिटिजन्स बैंकको ३ करोड ५७ लाख, नेपाल बंगलादेश बैंकको ३ करोड २४ लाख, चिलिमे हाइड्रोको २ करोड २४ लाख तथा ग्लोबल आईएमई बैंकको ३ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। 
 
यस दिन ५ वटा कम्पनीका सेयर लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी मुनाफा कमाए। ९ प्रतिशत बढी सेयर नाफा कमाउने कम्पनीहरुमा कालिका माइक्रोफाइनान्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र कैलास विकास बैंक छन्। तिनाउ र कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने ५ प्रतिशतभन्दा बढी सेयर नाफा गुमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411