अन्नपूर्ण पोस्ट्को केन्द्रीय कार्यलयमा आक्रमण

बिहीवार, भाद्र ३, २०७२ साल,
काठमाडौं । राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्ट्को तीनकुनेस्थित कार्यलय कर्पोरेट टावरमा आक्रमण भएको छ। बुधबार राति एक समूहले अन्नपूर्ण कार्यलय रहेको भवनको अगाडितर्फको शिसा फुटाएका छन् ।

सुरक्षागार्डका अनुसार करिब साढे नौ बजे चारपाँच जनाको समूहमा आएका उनीहरुले एक्कासी ढुंगा प्रहार गरेर भागेका थिए । प्रहरीले घटनास्थलको निरीक्षण गरेर क्षतिको विवरणसहित मुचुल्का तयार गरेको छ।

annapurna post
 
तीनकुनेस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख दानबहादुर कार्कीले घटनाबारे प्रारम्भिक जानकारी लिने काम भएको र आक्रमणमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको बताए।आक्रमणबाट भवनको अगाडितर्फको भागमा ठूलो प्वाल परेको छ। शिसाका टुक्राहरु कार्यलयभित्र छरिएका थिए। 

रातको समयमा बजार विभागमा कर्मचारी कोही नभएकोले कसैलाई केही नभएको कार्यलयले जनाएको छ। थप आक्रमणको धम्की दिइएकोले अन्नपूर्ण कार्यलयमा सुरक्षाका लागि प्रहरी खटिएको छ। नेपाल पत्रकार महासंघ अन्‍नपूर्ण शाखाले घट्‌नाको निन्दा गर्दै छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411