​एप क्याम्पका लागि एनसेलको छुट्टै एप

बुद्धबार, भाद्र २, २०७२ साल,

काठमाडौं । एनसेलले मोबाइल एप्स बनाउन चाहनेहरुको लागि आयोजन गरेको एप्स प्रतियोगीताको लागि छुट्टै एप उपलब्ध गराएको छ ।

उक्त इन्टरएक्टीभ एप एनड्रोइड भर्सनमा उपलब्ध छ । मोवाइल प्रयोगकर्ताहरु र एप डेभलोपरहरुले उक्त एप्सको माध्यमबाट प्रतियोगीताको अवधिभरका सुचना प्राप्त गर्न, प्रतियोगीतामा सहभागि हुन, समुह दर्ता गर्न र आफ्नो विचार तथा ज्ञान सेयर गर्न सक्ने कम्पनीले बताएको छ ।

यसका साथै यो एपबाट प्रयोगकर्ताले उक्त कार्यक्रमको बारेमा नयाँ नयाँ सुचना पाउने छन् ।

‘यो एपले इच्छुक मोवाइल एप्स डेभलोपरहरुलाई एन सेल एप क्याम्प २०१५ मा सहभागि हुन सरल र सहज हुने विश्वास हामीले लिएका छौं । यसले मोवाइलमा रुची राख्ने ठुलो संख्यालाइ नजिक ल्याउन सहयोग पुर्याउने छ’ एनसेलका कर्पोरेट कम्युनिकेशन्स एक्सपर्ट मिलन शर्माले बताए ।

यस प्रतियोगितामा सहभागिता जनाउन र थप जानकारीे चाहनेहरुका लागि एनसेलले यहि भाद्र ५ गते होटल हिमालयमा डिव्रिफिङ सेशन आयोजना गर्ने भएको छ ।

सहभागिहरुले एनसेल एपको माध्यमबाट डिव्रिफिङ सेशनमा आफनो सहभागिता सुनिश्चित गर्न सक्ने छन् जसका लागि विहानी शत्र र दिवा शत्र गरि दुइ चरणको कार्यक्रम तय गरिएको छ ।

मोवाइल प्रयोगकर्ताले एनसेल एप प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सक्नेछन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411