नेप्से २.३३ अंकले बढ्यो, उच्च रेकर्ड भन्दा १५ अंक कम

मंगलवार, भाद्र १, २०७२ साल,
काठमाडौं । मंगलबार बजार खुलेको पहिलो एकघण्टामा झण्डै दश अंकले घटेको नेप्से बजार बन्द हुदा २.३३ अंकले बढेर ११५९.९३ अंकमा रोकिएको छ । नेप्से ०६५ साल भाद्र १५ मा पुगेको हालसम्मकै उच्च विन्दु ११७५ अंक भन्दा मात्र १५ अंक नजिक पुगेको छ । 

आइतबार करिब २४ अंक तथा सोमबार २ पटक सर्किट ब्रेक लागेर  ४५ अंकले बढेको नेप्से मंगलबार भने जम्मा २.३३ अंकले बढेको छ । सेयरका ठुला लगानीकर्ताहरुले नाफा सुरक्षित गर्नतर्फ लागेपछि मंगलबार नेप्सेमा सामान्य सुधार देखिएको हो । मंगलबार नेप्सेले ११६० अंक छुदा हालसम्मकै उच्च विन्दु ११७५ अंक भन्दा मात्र १५ अंक नजिक पुगेको छ ।

यस दिन शेयरबजारमा १३२ कम्पनीका ४ हजार २ सय ६७ कारोबारबाट २६ लाख २८ हजार २ सय ४७ कित्ताशेयर ७६ करोड १२ लाख ९८ हजार रुपैयाँ बराबरमा किनबेच भएका छन । अघिल्लो दिनको तुलनामा १३ लाख कित्ता बढि शेयरको किनबेच भएपनि कारोबार रकम भने ६ करोड रुपैयाँ बढिले घटेको छ ।

मंगलबारको कारोबारमा वाणिज्य बैंक समूहको परिसूचक सबैभन्दा बढि ७ं.१५ अंकले बढेको छ । जलविद्युत उत्पादन र अन्य समूहको समूहगत परिसूचक नकरात्मक रहदा बाकी सबै समूहका परिसूचक सकरात्मक रहेका छन ।

यसदिन पनि वाणिज्य बैंकका सेयरमा लगानीकर्ताहरुको ओईरो लागेको छ । आफै पुँजी बढाउन सक्ने सस्थाको सेयर मुल्य तुलनात्मकरुपमा धेरै बढेको छ भने साना बाणिज्य बैंक तथा विकास बैंक र फाइनान्सको सेयर मुल्य कम दरमा बढेको छ ।

यसदिन नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड १५ लाख रुपैयाँ बराबरको प्रमोटोर शेयर तथा एभरेष्ट बैंकको ४ करोड ११ लाख बढिको कारोबार भएको छ । नबिल, ग्लोबल आइएमइ,सिटिजन र सेञ्चुरी बैंकले ३ करोड बढिको कारोबार गर्दा चिलीमे हाइड्रोले पनि ३ करोड बढिको कारोबार गरेको छ । नबिल बैंकको प्रमोटर शेयर, प्रभु बैक र एनबीबी बैकले पनि २ करोड बढिको कारोबार गरेका छन ।

यसदिन नेपाल ईन्स्योरेन्सका लगानीकर्ता कमाउनेको सूचमिा अग्रपत्तिमा रहेका छन भने माउण्ट मकालु डेपलपमेन्टका लगानीकर्ताहरु सबैभन्दा बढि गुमाउनेमा परेका छन । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411