​डढेलधुरा सदरमुकाममा आगलागी, १० करोड बढीको क्षति

आईतवार, पौष २०, २०७१ साल,
डडेलधुरा, पुस २० । डढेलधुराको सदरमुकामस्थित बागबजारमा भीषण आगलागी भएको छ। गयराति करिब १ बजेबाट सुरूभएको आगलागीले १२ वटा पसल जलेका छन्।

घटनाबाट १० करोडभन्दा बढीको क्षति भएको प्रहरीले प्राराम्भीक अनुमान गरेको छ।

आगलागीबाट बजारमा रहेका अधिकांश फेन्सी र कपडा पसल जलेर नस्ट भएका छन्। सुदूरपश्चिमा ७ वटा पहाडी जिल्लाको प्रमुख ब्यापारिक केन्द्रको रूपमा रहेको बाग बजारमा भएको आगलागी नियन्त्रणका लागि मध्यरातिबाटै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयबासी लागिपरेका छन्।

यस्तै आगो निभाउन दिपायलको सिलगढी नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका र डढेलधुराकै अमरगढी नगरपालिकाका तीनवटा दमकल आएका छन्।

विद्युत्त सर्ट भएर या आगो ताप्न बालिएको मकलबाट आगो सल्केको अनुमान प्रहरीले गरेपनि आगो लाग्नुको कारण पत्ता लागेको छैन। घटनामा मानवीय क्षति भने भएको छैन।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411