सक्रिट ब्रेकले रोकेन नेप्से, ४६ अंकले बढ्यो, ८२ करोडको कारोबार

सोमबार, श्रावन ३२, २०७२ साल,
काठमाडौं । सोमबार पनि पुँजी बजार उकालो लागेको छ । ट्रेडिङ बाहेकका अधिकांश कम्पनीको कारोबार बढेपछि नेप्से परिसूचक ४५.५५ अंकले बढेर ११५७.६० अंकमा पुगेको छ ।

आइतबार नेप्से ४६ अंकले २३ अंकले बढेको छ । सरकारले मौद्रिक नीतिमार्फत बैंकहरुको पुँजी वृद्धि गर्ने घोषणा गरेपछि पुँजी बजारमा हलचल आएको छ ।

सोमबार ८२ करोड ५५ लाख ६९ हजार रुपैयाँ बराबरको १३ लाख ५३ हजार ६ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।
बैंकिङ समूहको सबैभन्दा बढी ५९ करोड ३६ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकिङ समूहको उपसूचक ६४.६७ अंकले बढेको छ ।

इन्स्योरेन्स समूहको ५ करोड १४ लाख ३२ हजार ५ सय रुपैयाँ बराबरको शेयर किनबेच भयो भने विकास बैंक समूहको ४ करोड ६६ लाख ९५ हजार रुपैयाँ, हाइड्रोपावर समूहको ३ करोड ६३ लाख ५७ हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

होटल समुहको उपसूचक २९.६७ अंकले बढेको छ । पाँचतारे र्‍याडिसन र सोल्टी होटलले आइतबार र सोमबार प्रकाशित गरेको वित्तिय प्रतिवेदनमा नाफाको अंश केही घटेपनि प्रतिफल उच्च दिने प्रतिवद्धता जनाएपछि होटलको शेयर किनबेच बढेको हो ।
विकास बैंक समूहको ९.४८ अंकले बढेको छ भने हाइड्रोपावर समूहको २५.४५ अंक, फाइनान्स समूहको १.९६ अंक, इन्स्योरेन्स समूहको २८.०९ अंक, निर्माण तथा उत्पादन समूहको ६७.४६ अंक र अन्य समूहको २९.८२ अंकले बढेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411