​सबै वाणिज्य बैंकहरुको सेयर कारोवार डिजिटल प्रविधिमा

सोमबार, श्रावन ३२, २०७२ साल,
काठमाडौं । आजदेखि वाणिज्य बैंकहरुको कागजी सेयर कारोवार नहुने भएको छ। सम्पूर्ण वाणिज्य बैंकहरुको सेयर कारोवार डिजिटलमा अर्थात डिम्याट प्रक्रियाबाट हुने भएसँगै कागजी अर्थात भौतिक सेयर कारोवार नहुने भएको हो। 
 
डिजिटल सेयर कारोवारका लागि सेयर लगानीकर्ताले डिम्याट खाता खोल्नेछन्। त्यहीं खाताबाटै उसले सेयर खरिद वा विक्री गर्नेछ। यसले गर्दा लगानीकर्तासित कागजी सेयर प्रमाणपत्र हुँदैन। यसबाट सेयर प्रमाणपत्र हराउने, च्यातिने डर पनि रहेन। आवश्यक परेका बेला डिम्याट खाताबाटै कारोवार गर्न सकिने भएपछि यसबाट लगानीकर्ताको गोपनीयता समेत धेरै हदसम्म सुरक्षित हुन्छ। 
 
यसरी डिजिटलमा सेयर कारोवार थपिएका वाणिज्य बैंकहरुमा एभरेष्ट बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, नेपाल बैंक, बैंक अफ काठमाण्डु, सिभिल बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंक छन्। 
 
त्यस्तै मेगा बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंक, एनआइसी एसिया बैंक, एनएमबी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, ग्राण्ड बैंक, प्रभु बैंकको सेयर कारोवार पनि डिजिटल हुने भएको छ। डिजिटल सेयर कारोवारमा यी बैंकहरु थपिएसँगै सम्पूर्ण वाणिज्य बैंकहरुको सेयर कारोवार डिजिटल बनेको हो। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411