​फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अढाइ रुपैयाँ, डिजेल र मट्टितेल दुई रुपैयाँ सस्तो

शुक्रबार, पौष १८, २०७१ साल,
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा दुई रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा दुई रुपैयाँ मूल्य घटाएको छ । 

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रति लिटर एकसय १३ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँमा पाइने निगमले जनाएको छ ।

यसअघि पेट्रोल लिटरको एकसय १६ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ९२ रुपैयाँ थियो । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा मूल्य घटेको आधारमा मूल्य घटाएका हौ‌,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने । स्वचालित मूल्य कार्यान्वयनमा ल्याएपछि निगमले छैटौं पटक मूल्य घटाएको हो । नयाँ मूल्यअनुसार निगमलाई खाना पकाउने ग्यासको नोक्सानीसमेत घटेको छ । आयल निगमले हवार्इ इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य समायोजन गरिएको छैन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411