​आइतबार नेप्से २३ अंकले बढेर ११ सय १२ अंकमा पुग्यो, ९९ करोडको कारोबार

आईतवार, श्रावन ३१, २०७२ साल,
काठमाडौं । आइतबार २३ अंकले बढेर नेप्से परिसूचक १११२ अंकमा पुगेको छ भने ९९ करोडको सेयर किनबेच भएको छ । यो दिन मात्रै समग्र नेप्से २.१७ प्रतिशतले बढेको हो ।

चुक्ता पुँजी अत्यधिक बढाउने मौद्रिक नीति आएपछि उछालिएको सेयर बजार सूचकीकृत कम्पनीहरूको  धमाधम नाफा  कमाएको वित्तीय प्रतिवेदन सावर्जानिक भएपछि अझ बढेको हो ।

भदौ महिनामै नयाँ संविधान घोषणा हुने दलहरूबीच सहमति भइसकेको छ । तोकिएको समयमै संविधान बने नेप्से बूलिस ट्रेन्डमै अघि बढ्ने विश्लेशकहरू बताउँछन् ।

२०६५ भदौ १५ गते नेप्से हालसम्मकै उच्च अर्थात ११७५ हंकमा पुगेको थियो । यो वर्ष नेप्सेले ०६५ को रेकर्ड तोड्ने अनुमान गरिएको छ । बैंकिङ सुचक ३३ अंकले बढेको छ । विकास बैंक ९.५६ अंक, फाइनान्स १.२१ र बिमा १.४९ अंकले घटेको छ ।

आइतबार सबैभन्दा वढी माछापुच्छ्रे बैंकको ११ करोड ८१ लाखको सेयर किनबेच भएको छ । पुँजी बृद्धि गर्ने क्षमता भएको वा अर्कोलाई मर्जर गर्न सक्ने संस्थाहरुको सेयर कारोबार बढेको छ ।

माछापुच्छ्रे सँगै एभरेष्ट बैंकको नौं करोड २३ लाख, एनआइसी एसिया आठ करोड १२ लाख, सानिमा ६ करोड २० लाख, एनबी बैंक पाँच करोड ८५ लाख, नेपाल इन्भेष्टमेन्ट संस्थापक चार करोड ४२ लाख, ग्लोबल आइएमइ चार करोड १२ लाख, बैंक अफ काठमाण्डू दुई करोड ९१ लाख, सिटिजन्स बैंक दुई करोड ६४ लाख र हिमालयन दुई करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411