राष्ट्रिय बाणिज्य बैंकको नाफा ४अर्ब ५० करोड रुपैयाँ

शुक्रबार, श्रावन २९, २०७२ साल,
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले चार अर्ब ५० करोड रुपैयाँ नाफा गरेको छ । आफ्नो स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर बिक्री गरेका कारण बैंकको नाफा बढेको हो । अघिल्लो बर्ष बैंकले एक अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो ।
 
सेयर बिक्रीबाट बैंकले साढे दुई अर्ब रुपैयाँभन्दा वढी आम्दानी गरेको थियो । नाफा बृद्धिसँगै बैंकको पुँजी कोषमा पनि सुधार आएको छ । गत बर्ष ४.६२ प्रतिशत रहेको बैंकको पुँजी कोष १०.३४ प्रतिशत पुगेको छ । बैंकको खराब कर्जा पनि ६.३८ प्रतिशतबाट घटेर ३.३८ प्रतिशतमा आएको छ ।
 
कुल एक खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकले ७५ अर्ब ८३ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले एक बर्षको अवधिमा खुद ब्याज आम्दानी चार अर्ब ५९ करोड रुपैयाँ गरेको छ । बैंकको आधार दर ६.७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ६१ प्रतिशत मात्र छ । 
 
बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणमा निस्कासन गर्न मन्त्रीपरीषद् स्वीकृति दिइसकेको छ । बैंकले चालु बर्षभित्रै प्रकृया सुरु गर्नेछ । बैंकले अहिलेको आठ अर्ब ५८ करोड रुपैयाँ पुँजीलाई ७० प्रतिशत मानेर अतिरिक्त ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411