​राष्ट्र बैंकले २३६ करोड बैंक तथा वित्तीय संस्थामा राख्दै, बाणिज्य बैंकमा १८९ करोड रुपैयाँ

शुक्रबार, पौष १८, २०७१ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक बर्षका लागि दुई अर्ब ३६ करोड ७१ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा राख्ने भएको छ । राष्ट्र बैंकले मुद्दति खातामा यो रकम राख्न लागेको हो ।
 
राष्ट्र बैंकले यो रकममध्ये बाणिज्य बैंकहरुमा एक अर्ब ८९ करोड ३८ लाख रुपैयाँ राख्ने भएको छ । विकास बैंकहरुमा ३५ करोड ५० लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुमा ११ करोड ८३ लाख रुपैयाँ राख्ने भएको हो ।
 
यो रकमका लागि बैंक तथा वित्तीय संस्थाहरुले आइतबारसम्ममा राष्ट्र बैंकमा निवेदन दिइसक्नु पर्छ । उनीहरुले कति रकम राख्ने र ब्याज दर कति दिने भनेर आफैले टुङ्गो गर्नु पर्छ । जसको ब्याज बढी हुन्छ उसको राष्ट्र बैंकले पैसा राख्छ ।
 
खराव कर्जा अनुपात पाँच प्रतिशतभन्दा कम र १० प्रतिशत पुँजी कोष पुगेको संस्थाले यो रकम राख्न पाउने छ । रकम लिनका लागि सञ्चालनमा आएको दुई बर्ष पुरा भएको संस्था हुनु पर्छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411