​साताको अन्तिम दिन नेप्सेको परिसूचक ११ अंकले उचालियो, ६९ करोड ६१ लाख रुपैयाँको कारोवार

बिहीवार, श्रावन २८, २०७२ साल,

काठमाडौं । साता कारोवारको अन्तिम दिन बैंकिङ उपसमूह बढेपछि समग्र नेप्से परिसूचकमा सकारात्मक प्रभाव परेको छ। बिहिवार बैंकिङ उपसमूह १५ दशमलव ७७ अंकले उकालो लागेको छ।
 
यसको प्रभावले कुल नेप्से परिसूचकमा ११ दशमलव २३ अंकको बृद्धि भयो। होटल उपसमूहमा झण्डै ८ अंकले तल झरेको छ भने विकास बैंक, फाइनान्स, बिमा उपसमूहमा थोरै अंकको बृद्धि भएको छ। हाइड्रो उपसमूह ९ र उत्पादन उपसमूह भने ६८ अंकले बढेको छ। 
 
यस दिन कुल १ सय ३४ कम्पनीको १६ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा ६९ करोड ६१ लाख रुपैयाँको कारोवार भएको छ। 

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको कारोवार रकम उच्च रह्यो। उसको ६ करोड ५८ लाख रुपैयाँको सेयर कारोवार भएको थियो। त्यसपछि निक एसिया बैंकको ४ करोड ६६ लाख, एभरेष्ट बैंकको ४ करोड १८ लाख, माछापुच्छ्रे बैंक र नेपाल बंगलादेश बैंकको ३ करोड ९ लाख रुपैयाँ बढीको सेयर कारोवार भएको छ।
 
बिहिवार पनि सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सेयर लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। त्यस्तै सिखर इन्स्योरेन्सका लगानीकर्ता ९.९७ प्रतिशत सेयर नाफामा रहे। प्रोफेसनल दियालो तथा तिनाउ विकास बैंकका सेयर लगानीकर्ता पनि ६ प्रतिशत बढी सेयर नाफा गर्न सफल भए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411