​ओखलढुंगामा ट्याक्टर दुर्घटना, ४ को मृत्यु, १ घाइते

बिहीवार, पौष १७, २०७१ साल,
ओखलढुंगा पुस १७ - ओखलढुंगाको वर्णालुमा विहीबार अपरान्ह ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका १ वर्णालीमा स १ त २०४६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो ।

सिद्धिचरण नगरपालिका १ का दयाराम दाहाल, माम्खा ८ का अम्बर बस्नेत र कुइभिरका रविन अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक सिद्धिचरण नगरपालिका १ का निमा शेर्पाको उपचारको क्रममा जिल्ला अस्पताल ओखलढुंगामा मृत्यु भएको प्रहरी निरीक्षक वैधनाथ यादवले जानकारी दिए ।

दुर्घटनामा घाइते दीपक विशंखेको अस्पतालमा उपचार जारी छ । वर्णालुबाट रुम्जाटार गईरहेको ट्याक्टर अपरान्ह ३ बजेतिर सडकबाट करिब सय मिटर भन्दा तल खसेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411