जनकपुर र लाहानमा डिस होमको सेवा केन्द्र विस्तार, ग्राहकलाई उत्कृष्ट सेवा दिने कम्पनीको दावी

बुद्धबार, श्रावन २७, २०७२ साल,
काठमाडौं । डिस होमले आफ्नो सेवा विस्तारलाई तीब्रता दिँदं सोमबारबाट लाहानमा र मंगलबारबाट जनकपुरमा सेवा केन्द्र थप गरेको छ । डिस होमका महाप्रबन्धक रमेश सापकोटा र नायब महाप्रब्न्धक कल्याण अधिकारी तथा प्रब्न्धक सविन महर्जनले सेवा केन्द्रको उदघाटन गरे । 

 नयाँ सेवाकेन्द्र विस्तारसँगै डिस होमका काठमाडौंसहित पोखरा, चितवन विर्तामोड, विराटनगर, नेपालगन्ज,  धनगढी, बुटवल, दाङसमेत गरी ११ पुगेका छन् । डिस होमले चरिकोट, महेन्द्रनगर र बाग्लुङलगायत स्थानमा पनि सेवाकेन्द्र विस्तार गर्ने जनाएको छ । 
 
सेवा केन्द्रबाट हार्डवयर र अन्य सर्भिस सम्बन्धी समस्याको समाधान र घरमै पुगेर दिने प्राविधिक सहायोग, रिचार्ज र सिग्नल सम्वन्धी समस्या समाधान जस्ता सुविधा पाइने डिस होमले जनाएको छ । 
 
स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएत सेवा प्रदायक डिस होमले पाँच वर्षदेखि नेपाल भर आफ्नो सेवा दिँदै आएको छ । डिस होमले १८ एचडी सहित अन्य च्यानल उपलब्ध गराउँदै आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411