​लगातार बढेको सेयर बजार लगातार घट्यो

बुद्धबार, श्रावन २७, २०७२ साल,

काठमाडौं । गत सोमवार १ हजार ८१ अंकमा पुगेको नेप्से परिसूचक त्यसपछिका दिनहरुमा भने क्रमिक रुपमा ओरालो लागेको छ। मंगलवार १ हजार ७७ दशमलव ७८ अंकमा ओर्लिएको सेयर बजार बुधवार पुनः शून्य दशमलव ५९ अंकले ओर्लिएको छ। 
 
बुधवार कारोवारमा १ घण्टाको अवधिपछि सेयर बजार केही सम्हालिएको हो। बुधवार १ सय ३८ कम्पनीको १० लाख ५५ हजार कित्ता सेयर किनबेच भयो। ति सेयर किनबेचबाट कुल ५४ करोठ ४६ लाख रुपैयाँको कारोवार भएको नेप्सेले जनाएको छ। हाइड्रो, बिमा, उत्पादन र होटल उपसमूहका सूचक बढेका छन् भने बैंकिङ बिकास बैंक र फाइनान्स उपसमूहका सूचक घटेका छन्। हाइड्रोमा करिब १८, बिमामा करिब १२ तथा उत्पादन उपसमूहमा करिब २३ अंकको बृद्धि भएको छ। 
 
रकम र सेयर संख्याको आधारमा एनआईसि एसिया बैंकको सेयर कारोवार उच्च भएको छ। उसको ८८ लाख कित्ता सेयर किनबेच हुँदा ७ करोड ४८ लाख रुपैयाँको कारोवार भएको छ। त्यस्तै माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, चिलिमे हाइड्रो, हिमालयन बैंक र नेपाल एसबीआई बैंकको पनि २ करोडभन्दा धेरै रकमको सेयर कारोवार भयो।  
 
यस दिन सिद्धार्थ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ८ प्रतिशत सेयर नाफा कमाएका छन्। वेष्टर्न डेभलपमेन्ट र शिखर इन्स्योरेन्सका लगानीकर्ताले पनि ५ प्रतिशत बढी सेयर नाफा कमाए। मेट्रो डेभलपमेन्ट बैंक, प्रोफेसनल दियालो विकास बैंकका लगानीकर्ताले उच्च सेयर नाफा गुमाएका छन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411