अघिल्लो दुई दिन बढेको सेयर बजार तेश्रो दिन ३.५८ अंकले घट्यो

मंगलवार, श्रावन २६, २०७२ साल,

काठमाडौं । मंगलवार सेयर बजारमा सामान्य गिरावट आएको छ। ३ दशमलव ५८ अंक झरेसँगै नेप्से परिसूचक १ हजार ७७ अंकमा कायम रहेको छ। होटल उपसमूहमा २१ अंकको बृद्धि भएको छ भने फाइनान्स उपसमूह पनि झिनो अंकले उकालो लाग्यो।
 
अन्य सबै उपसमूह भने ऋणात्मक रहे। हाइड्रोमा १३ र बिमा उपसमूह १२ अंकले तल झरे भने बैंकिङ उपसमूहमा ४ अंकको गिरावट आएको छ। 

यस दिन कारोवार रकममा पनि गिरावट आएको छ। ५५ लाख ९३ लाख रुपैयाँको सेयर कारोवार भएको छ। जम्मा १ सय ३४ कम्पनीको ९ लाख १६ हजार ७ सय ७६ कित्ता सेयर किनबेच भयो।
 
यस दिन निक एसिया बैंकको सबैभन्दा धेरै ८ करोड रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। त्यस्तै एभरेष्ट बैंकको ३ करोड ३५ लाख तथा चिलिमे हाइड्रोको ३ करोड ३२ लाख रुपैयाँको कारोवार भएको छ। 

नाफा प्रतिशतका आधारमा रिडी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ता अगाडि रहे। त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनी पनि नाफाका आधारमा अगाडि रह्यो। 
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411