​मेटलाइफ एलिको’को रिब्राण्डिङ

बिहीवार, पौष १७, २०७१ साल,
काठमाडौं - अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ एलिको)को ‘रिब्राण्डिङ’ भएर ‘मेटलाइफ’ भएको छ । यो ‘रिब्राण्डिङ’को उद्देश्य कम्पनीलाई एउटै ब्राण्ड ‘मेटलाइफअन्तर्गत ल्याउनु भएको कम्पनीले स्पष्ट पारेको छ । नयाँ ब्राण्डले विश्वस्तरीय संस्थासँगको सम्बन्ध प्रगाढ बनाउने मेटलाइफ नेपालका उप–महाप्रबन्धक तथा प्रमुख कार्यकारी मोहमद अला उद्दिन अहमदले बताए ।

मेटलाइफ १ सय ५० वर्षको अनुभव बोकेको नवीन बीमा सुरक्षा तथा बचत योजनाका लागि ख्याति प्राप्त कम्पनी हो । यस नामलाई विश्वभरका १० करोड ग्राहक तथा अमेरिकामा फच्युन ५०० मा परेकामध्ये उत्कृष्ट ९० कम्पनीले मानेको मेटलाइफको विज्ञप्तिमा उल्लेख छ ।

रिब्राण्डिङले कम्पनीको सेवा, नीति वा ग्राहक तथा व्यावसायिक साझेदारसँग गरिएको प्रतिबद्घतामा कुनै फरक नपार्ने पनि कम्पनीले स्पष्ट पारेको छ । मेटलाइफ नेपाल अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाका रूपमा सन् २००१ देखि सञ्चालनमा आएको हो । यसले जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमाजस्ता योजना ल्याएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411