​लघुवित्तको कर्जा ब्याजदर नियन्त्रण गर्ने तयारी:नेपाल राष्ट्रबैंक

सोमबार, श्रावन २५, २०७२ साल,
nepalकाठमाडौं । नेपाल राष्ट्रबैंकले लघुवित्त कम्पनीले लिने मनपरी ब्याजदर नियन्त्रण गर्ने तयारी गरेको छ। गरिबका लागि कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीले कर्जामा २० प्रतिशतभन्दा माथि ब्याजदर लिएपछि यसको व्यापक आलोचना भएको छ।
 
यसलाई सम्बोधन गर्न राष्ट्रबैंकले लघुवित्त कम्पनीलाई ब्याजदर अन्तर तोक्नेगरी निर्देशिका बनाउने तयारी गरेको हो। गरिबमा कर्जा प्रवाह गर्ने लघुवित्तको ब्याजदर सबैभन्दा महँगो छु, राष्ट्रबैंक सम्बन्ध स्रोतले भन्यो,ुछिटोभन्दा छिटो लघुवित्तको ब्याजदर नियन्त्रण गर्नेगरी निर्देशिका ल्याउने तयारी छ।

 
राष्ट्रबैंकले यसभन्दा अगाडि वाणिज्य बैंकमा ब्याजदर अन्तर ९स्प्रेडदर० पाँच प्रतिशत तोकेको थियो। बैंकले निक्षेप ब्याजदरको बढीमा पाँच प्रतिशत मात्र कर्जामा लिन पाउने व्यवस्था छ।
 
राष्ट्रबैंकले गरेको अनौपचारिक अध्ययनले लघुवित्त कम्पनी कोष लागतको १० प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दा पनि सञ्चालन हुन सक्ने देखिएको थियो। ‘ औसतमा १० प्रतिशत स्प्रेड कायम गर्ने गरी कर्जाको ब्याजदरमा नियन्त्रण गर्ने तयारी छु, राष्ट्रबैंक स्रोतले भन्यो, लघुवित्तले कोषका रूपमा प्रयोग गर्ने रकम बैंक तथा वित्तीय संस्थाबाट पाँच प्रतिशतमा पाउँछन्। त्यसलाई २० प्रतिशतभन्दा बढी ब्याजदरमा कर्जा दिनु न्यायोचित होइन।
 
राष्ट्रबैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पनि केही दिन अगाडि विराटनगरमा सर्पोट माइक्रो फाइनान्सको उद्घाटनको क्रममा लघुवित्त कम्पनीले विपन्न वर्गसँग बढी ब्याजदर लिएको भन्दै नयाँ सामन्ती भएको टिप्पणी गरेका थिए। गभर्नरको टिप्पणीले राष्ट्रबैंक लघुवित्तको कर्जाको ब्याजदरमा नियन्त्रण गर्ने नीतिमा लागेको स्पष्ट हुन्छ। 
 
यसभन्दा अगाडि युवराज खतिवडा गभर्नर हुँदा पनि लघुवित्तले प्रवाह गर्ने कर्जाको ब्याजदरमा नियन्त्रण गर्ने प्रयास भए पनि लघुवित्त कम्पनीको दबाबका कारण अन्तिम समयमा रोकिएको थियो। ुलघुवित्त कम्पनीको ब्याजदर संसारभर बढी हुन्छ भनेर दबाब आएका कारण निर्देशिका ल्याउने काम रोकियोु,राष्ट्रबैंकले स्रोतले भन्यो, ुयो पटक जति ठूलो दबाब आए पनि ब्याजदर नियन्त्रणको निर्देशिका आउँछ। राष्ट्रबैंकले यो पटक मौद्रिक नीतिमा कोषको लागत र कर्जाको ब्याजदरबीच निश्चित अन्तर कायम गरिने घोषणा गरेको थियो।

बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजदरमा रकम लिने र महँगो ब्याजदरमा विपन्न वर्गलाई कर्जा प्रवाह गर्ने गरेको कारण लघुवित्त कम्पनीको मुनाफा आकर्षक छ।

राष्ट्रबैंकका निवर्तमान गभर्नर युवराज खतिवडाले लघुवित्त कम्पनीले कर्जामा लिने ब्याजदर बढी रहेको बताउँछन्। विश्वभर लघुवित्त कम्पनीको कोषको लागत महँगो हुँदा ब्याजदर बढी हुन्छु,उनले भने, ुनेपालमा बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्गलाई कर्जा अनिवार्य गरिएको हुँदा लघुवित्त कम्पनीको कोषको लागत महँगो पर्दैन। सञ्चालन खर्चमा केही कमी ल्याउने हो भने १५ देखि १६ प्रतिशत ब्याजदरमा लघुवित्त कम्पनीले कर्जा दिन सक्छन्।
 
नेपाल राष्ट्रबैंकको नीति अनुसार बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको निश्चित प्रतिशत रकम विपन्न वर्गमा कर्जा प्रवाह गर्नुपर्छ। यो वर्षको मौद्रिक नीतिले वाणिज्य बैंकले कुल कर्जाको पाँच प्रतिशत, विकास बैंकले ४.५ प्रतिशत र फाइनान्स कम्पनीले चार प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने हुन्छ।
 
बैंक तथा वित्तीय संस्थाको पहुँच ग्रामीण क्षेत्रसम्म नभएको कारण लघुवित्त कम्पनीलाई कर्जा दिने र त्यो रकम लघुवित्त कम्पनीले ग्रामीण क्षेत्रमा प्रवाह गर्ने गर्छन्। यसरी प्रवाह हुने कर्जाको ब्याजदर अहिले चार देखि ६ प्रतिशत हाराहारीमा छ। 
 
कतिपय लघुवित्त कम्पनीले बैंक तथा वित्तीय संस्थामा सस्तो ब्याजदरमा लिएको कर्जा विपन्न वर्गमा प्रवाह नगरेर मुद्दती निक्षेपमा समेत राखेको पाइएको थियो। राष्ट्रबैंकले यसमा भने कडाइ गरेका कारण लघुवित्तले मुद्दती निक्षेपमा रकम राखेर कमाउने काम भने बन्द भएको छ।
 
बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजदरमा रकम लिने र महँगो ब्याजदरमा विपन्न वर्गलाई कर्जा प्रवाह गर्ने गरेको कारण लघुवित्त कम्पनीको मुनाफा आकर्षक छ। बैंक तथा वित्तीय संस्थाको तुलनामा चुक्ता पुँजी कम हुने भएको तथा महँगो ब्याजदरमा कर्जा प्रवाह गर्ने हुँदा अधिकांश लघुवित्तले सेयर लगानीकर्तालाई आकर्षक प्रतिफल दिने गरेका छन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411