१ खर्ब रुपैयाँको डिभोर्स

बिहीवार, पौष १७, २०७१ साल,
न्युयोर्क, पुस १७ - उच्च विवादित सम्बन्ध विच्छेद (डिभोर्स) को मुद्धामा १ अर्ब अमेरिकी डलर (झन्डै १ खर्ब नेपाली रुपैयाँ) तिर्न राजी भएका अर्बपति ह्यारोल्ड हामले यो निर्णय निश्पक्ष नभएको बताएका छन् । तेलको मूल्यमा आएको गिरावटले आफ्नो सम्पत्ति पनि घटेको भन्दै यो परिमाणको जरिवाना उपयुक्त नभएको उनले बताए ।

ह्यारोल्ड हामले यसै महिना ओक्लोहामामा अपिल दर्ता गरेका छन् । ओरालो लागेको तेल मूल्यले आफ्नो सम्पत्ति प्रभावित भएको भन्दै उनले ओक्लाहामामा अपिल दर्ता गरेका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा हाल कच्चा तेलको मूल्य प्रति व्यारेल ६० डलरको हाराहारीमा झरेकोक छ । तेलको मूल्यमा आएको कमीसँगै उनको कम्पनीको मूल्य पनि प्रभावित भएको उनले बताए ।

गएको वर्षको सुरुमा हामको सम्पत्ति २० अर्ब अमेरिकी डलर भन्दा बढी भएको वेल्थ एक्सले जनाएको छ । कन्टिनेन्टल रिसोर्स कम्पनीमा हामको ६८ प्रतिशतको हिस्सा छ । उनले विवाहपूर्वनै कम्पनीमा यो परिमाणको स्वामित्व लिएका थिए । एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411