​नेप्से १८ अंकको बृद्धिपछि १ हजार ८१ अंक पुग्यो, १ सय २९ कम्पनी ७३ करोडको कारोबार

सोमबार, श्रावन २५, २०७२ साल,

काठमाडौं । सेयर बजार नेप्से १ हजार ८१ अंकमा पुगेको छ। सोमवार १७ दशमलव ९५ अंकको बृद्धि भएसँगै नेप्से परिसूचक १ हजार ८१ अंकमा पुगेको हो। 
 
यस दिन क वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सिटिभ इन्डेक्समा ४ दशमलव १७ अंकको बृद्धि भएको छ। जम्मा १ सय २९ कम्पनीको ११ लााख ४५ हजार कित्ता सेयर किनबेच हुँदा ७३ करोड २३ लाख रुपैयाँको कारोवार भएको थियो। 
 
सोमवार बैंकिङ उपसमूहमा २७.२६ तथा बिमा उपसमूहमा ६७.१३ अंकको बृद्धि भएको छ। त्यस्तै विकास बैंक उपसमूहमा पनि १०.५५ अंकको बृद्धि रह्यो भने हाइड्रो उपसमूह ३०.६९ अंकले तल झरेको छ। फाइनान्स र होटल उपसमूह पनि ऋणात्मक रहेका छन्। 
 
रकमका आधारमा ४ करोड ३६ लाख रुपैयाँको कारोवार गर्दै निक एसिया बैंक नेप्सेमा अगाडि रह्यो। त्यस्तै एभरेष्ट बैंकको ४ करोड ३४ लाख, माछापुच्छ्रे बैंकको ३ करोड ८२ लाख तथा नेपाल एसबीआई बैंकको ३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। नेपाल बंगलादेश बैंक, सानिमा बैंक, नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको कारोवार पनि ३ करोडभन्दा धेरै रह्यो। हाइड्रोतर्फ भने चिलिमे हाइड्रोपावरको सेयर कारोवार रकमका आधारमा माथि रह्यो। 
 
यस दिन छिमेक लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत सेयर नाफा कमाएका छन् भने नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले पनि ८ प्रतिशत बढी सेयर नाफा कमाए। फस्ट माइक्रोफाइनान्स र स्टाण्डर्ड चार्टड बैंकका लगानीकर्ता पनि प्रतिशतका आधारबाट नाफा कमाउनेमा अगाडि रहे। श्री इन्भेष्टमेन्ट फाइनान्स र यति डेभलपमेन्ट बैंकका सेयर लगानीकर्ताले भन्ने उच्च सेयर नोक्सान ब्यहोर्न पुगे। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411