​६ प्रदेशको सहमतिले २३ अंकले उचाल्यो नेप्से, जम्मा साढे ६४ करोडको कारोबार

आईतवार, श्रावन २४, २०७२ साल,
Nepal Stockकाठमाडौं । ६ प्रदेशकोको सिमाङ्कन सहितको सहमतिको प्रभावले सेयर बजार १०६३ को सीमा पुगेको छ । जलविद्युत् र फाइनान्स समूह रातो भए पनि बाँकी सुचकहरु उच्च अंकले बढ्दा नेप्सेल एकै दिन २३.०५ अंकको सीमा पार गरेको हो ।
 
कुल १३८ कम्पनीका ६४ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राष्ट्र बैंकले वित्तीय संस्थाको पुँजी चार गुणाले बढाउने नीति लिएपछि तत्न थालेको बजारलाई राजनीतिमा आएको सुधारले थप बल दिएको हो ।
 
आइतबार ११ लाख १० हजार ८०५ कित्ता सेयरहरु किनबेच भएका छन् । जलविद्युत् २३.५५ र फाइनान्स १.३ अंकले घटे भने बाँकी सुचक हरियो भएका छन् । 
 
बैंकिङले बजारलाई डोर्याएर माथि पुर्याएको छ । बाणिज्य बैंक समूह ३५.४७ अंकले बढेको छ । नेपाल टेलिकम सुचिकृत अन्य सुचक करिव ५.८७ अंकले बढेको छ । बिमा पनि करिव ५८ अंक र उत्पादनमूलक सुचक ३४ अंकले बढेको छ ।
 
बजार बृद्धिसँगै एभरेष्ट बैंकको ६ करोडको सेयर किनबेच भएको छ । सानिमा बैंकको चार करोड २३ लाख, एनबी बैंक तीन करोड ६४ लाख, एनआइसी एसिया तीन करोड ५६ लाख, नेपाल एसबिआइ तीन करोड १४ लाख, नबिल संस्थापक तीन करोड, इन्भेष्टमेन्ट बैंक संस्थापक दुई करोड ८२ लाख, माछापुच्छ्रे बैंक दुई करोड १३ लाख, प्रभु बैंक दुई करोड १३ लाख र हिमालयन बैंक एक करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411