एनसेलमा दुर्इ सयको रिचार्ज गर्दा सय रूपैयाँ बोनस

आईतवार, श्रावन २४, २०७२ साल,

काठमाडौं । एनसेलले ग्राहकहरुका लागि नयाँ बोनस योजना ल्याएको छ । जसअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले हप्तामा दुई पटक सयको रिचार्ज गर्दा सय रुपैयाँ नै बोनस प्राप्त गर्नेछन् ।

आइतबारदेखि लागू गरिएको यो योजनामा एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकहरुले लाभ लिन सक्नेछन् । यो योजना साप्ताहिक चक्रमा चल्नेछ एनसेलले जनाएको छ । जसअन्तर्गत शनिबारसम्म गरिएको रिचार्जलाई गणना गरिनेछ । अर्को आइतबारबाट पुनः नयाँ साप्ताहिक चक्र शुरु हुनेछ ।

यसरी चल्ने योजनामा ग्राहकले एक चक्रमा दोस्रो पटक सय रुपैयाँको रिचार्ज गर्ने बित्तिकै सयको बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । प्रिपेडमार्फत प्रिपेडमा ब्यालेन्स ट्रान्सफरबाट प्राप्त गरिएको ब्यालेन्स बोनस प्राप्त गर्न मान्य नहुने बताइएको छ ।

प्राप्त बोनसबाट एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सकिनेछ । बोनस ५ दिनसम्म मान्य हुनेछ । यो योजना १२ साता सम्म जारी रहने बताइएको छ ।

ग्राहकहरुले रिचार्ज कार्ड, भिएफटी, बैंक तथा अन्य कुनै पनि माध्यमबाट रिचार्ज गरि यस योजनामा लाभ लिन सक्ने एनसेलले जनाएको छ । ग्राहकले #१७११४* डायल गरी हप्ता भरी आफूले गरेको रिचार्जको निःशुल्क जानकारी लिन सक्नेछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411