​अनिवार्य डिम्याट कारोबारमा थपिए ४१ कम्पनी

शुक्रबार, श्रावन २२, २०७२ साल,
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले भदौ ७ गतेदेखि १ सय ६ कम्पनीका अभौतिक गरिएका शेयर मात्र  कारोबार गर्ने भएको छ । हाल ३४ कम्पनीको अभौतिक कारोबार भइरहेकोमा भदौ १ देखि ३१ तथा भदौ ७ गतेदेखि थप ४१ गरि १ सय ६ कम्पनीको अभौतिक शेयर कारोबार र राफसाफ गरिने सीडीएससीले जनाएको छ ।

सीडीएससीमा हाल १ सय ६ कम्पनी दर्ता भएकोमा सबै कम्पनीको अनिवार्य रुपमा अभौतिक शेयर कारोबार हुने भएको हो । यो निर्णयसंगै अब अधिकांसै विकास बैंक, फाइनान्स र लघुवित्त कम्पनीको अभौतिक शेयर कारोबार र राफसाफ हुने भएको छ । नेपालस्टक एक्सचेञ्जमा औसतमा दैनिक १ सय ४२ कम्पनीको शेयर किनबेच हुँदै आएको छ ।

साउन २४ गते भन्दा अघि ३४ कम्पनीको मात्र शेयर अभौतिकरण भएका छन् । त्यसै गरि यस अघि शेयर अभौतिकरण गर्न भनिएका ३१ कम्पनीले साउन मसान्तसम्म मात्र कागजी शेयर कारोबार तथा राफसाफ गरी भदौ १ गतेदेखि अभौतिक कारोबार गर्नुपर्ने छ । बिहीबार थप गरिएका ४१ कम्पनीले पनि साउन २४ गतेदेखि भदौ ६ गतेसम्म कागजी कारोबार गर्न पाउनेछन् । ७ गतेदेखि भने ४१ कम्पनीले अनिवार्य रुपमा अभौतिक शेयर कारोबार र राफसाफ गर्नुपर्ने सीडीएससीले जनाएको छ ।

सीडीएसले सुचिकृत कम्पनीलाई अभौतिकरणमा जान निर्देशन दिएसंगै डीम्याट खाता खोल्ने काममा लगानीकर्ता र डीपीको व्यस्तता पनि बढेर गएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411