​युरोपेली क्लबमा विमल घर्तिमगरलाई मौका

बिहीवार, पौष १७, २०७१ साल,
काठमाडौं, पुस १७ - नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्तीमगरले बेल्जियमको एक क्लबको एकेडेमीमा ट्रयाल दिने मौका पाएका छन्।

यसअघि एन्डरलेकसँगको सहकार्य बेल्जियमको कडा नियमले टुटे पनि त्यहींको अर्को एक क्लबको एकेडेमीमा ट्रयाल दिने मौका पाउने भएका हुन्।

एन्डरलेकमा विमललाई प्रवेश गराउन बेल्जियमका एजेन्ट लुइस डी भ्रिस सहयोग गरेका हुन्र।

बेल्जियममा ‘गैरयुरोपियन खेलाडीको हकमा नयाँ र कडा खालको नियमका कारण विमलले १८ वर्ष नपुग्दासम्म एन्डरलेकबाट औपचारिक प्रतियोगिता खेल्न पाउने छैनन्, भ्रिसले भनेका छन्, ‘त्यसै कारण एन्डरलेक अन्ततः उनीसँगको सहकार्य निरन्तर नगर्नेमा पुगेको छ।' उनले विमललाई रेसिङ जेन्कको एकेडेमीमा अभ्यासको व्यवस्था मिलाएका छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411