​साढे ६६ करोडको कारोवार हुँदा ६ अंक पनि बढ्यो नेप्से

बिहीवार, श्रावन २१, २०७२ साल,
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा साताको अन्तिम दिन झण्डै साढे ६६ करोडको सेयर कारोवार भएको छ। १ सय ४२ कम्पनीको १० लाख ५० हजार ५७ कित्ता सेयर किनबेच हुँदा सो रकमको कारोवार भएको हो। 
 
यस दिन ६ दशमलव ३४ अंकले नेप्से उकालो लागेको छ। सो बृद्धिपछि नेप्से परिसूचक १ हजार ४० अंकमा कायम भएको छ।  यस दिन बिमा र हाइड्रो उपसमूहमा सबैभन्दा धेरै अंकले बृद्धि भएको छ। बिमामा ३७.९८ तथा हाइड्रोमा २९.२ अंकको बृद्धिदर कायम रह्यो । त्यस्तै विकास बैंक उपसमूह ९.९६ र बैंकिङ उपसमूह ४.४७ अंकले बढेका छन्। 
 
कम्पनीमा नेश्नल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै मूल्यको सेयर कारोवार भयो। उसको ५ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। त्यस्तै ४ लाख ६२ हजार रुपैयाँ बराबरको नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक सेयर किनबेच भयो।
 
प्राइम कमर्सियल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बंगलादेश बैंकको पनि ३ करोडभन्दा धेरै रकमको सेयर कारोवार भएको छ। आजको सेयर कारोवारबाट साना किसान विकास बैंक, निर्धन उत्थान बैंक तथा यूनिक फाइनान्सका लगानीकर्ताले प्रतिशतका आधारमा उच्च सेयर नाफा कमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411