३ दशमलव ७४ अंकले नेप्से घट्दा ७० करोडको कारोवार

सोमबार, श्रावन १८, २०७२ साल,
काठमाडौं । सेयर बजार नेप्सेमा सोमवार ७० करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। १ सय ३३ कम्पनीको १३ लाख ४६ हजार कित्ता सेयर किनबेचबाट सो रकमको कारोवार भएको हो। सेयर बजारको कारोवार रकम उल्लेख्य रहे पनि अंकमा भने गिरावट आएको छ। ३ दशमलव ७४ अंकले नेप्से परिसूचक तल झरेको छ।
 
१ हजार ३० अंकमा कायम भएको नेप्से परिसूचकका बिमा र हाइड्रोपावरबाहेक सबै उपसमूहमा गिरावट आएको छ। बिमा उपसमूहमा ३.२८ तथा हाइड्रो उपसमूहमा १०.५२ अंकले बृद्धि भएको छ। होटलमा २१ तथा बैकिङ उपसमूह ५ अंकले झरेका छन्। 
 
नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर किनबेचबाट सबैभन्दा धेरै अर्थात २ करोड ६९ लाख रुपैयाँको कारोवार भएको छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ४९ लाख तथा एभरेष्ट बैंकको २ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। 
 
इन्फ्राष्टक्चर डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशत बढी तथा टुरिजम डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशत बढी सेयर नाफा कमाए। नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले भने उच्च सेयर नाफा गुमाएका छन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411