​भ्वाइस र डेटा दुवै सेवामा टेलिकम अगाडि, टेलिफोन प्रयोगकर्ता शतप्रतिशत

सोमबार, श्रावन १८, २०७२ साल,
काठमाडौं । नेपालमा मोबाइल तथा टेलिफोन प्रयोगकर्ता शतप्रतिशत नाघेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ०७१ चैत मसान्तसम्म विभिन्न सेवाप्रदायकबाट सिमकार्ड तथा टलिफोन लाइन लिनेको संख्या गणनाका आधारमा सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआईएस) ले १०१ प्रतिशतमा सेवा पुगेको देखाएको हो । 

सरकारी तथ्यांकले सबैका हातमा मोबाइल वा टेलिफोन सेवा पुगेको देखाए पनि दोहोरो सेवा लिनेक्रम बढेपछि सेवा नपुग्ने ग्राहक छायामा परेका छन् ।

केन्द्रीय तथ्यांक विभाग (सीबीएस) को २०६८ सालको तथ्यांकअनुसार २ करोड ६४ लाख ९४ हजार ५०४ नेपालको जनसंख्या छ । प्राधिकरणको तथ्यांकमा २ करोड ६८ लाख ६५ हजारले दूरसञ्चार सेवा लिएको उल्लेख छ । 

एकै ग्राहकले धेरै सिमकार्ड, टेलिफोन लाइन तथा रिमकार्ड प्रयोग गरेमा प्रतिग्राहकका आधारमा प्राधिकरणले गणना गर्दै आएको छ । हालसम्म एउटा ग्राहकले कतिवटा सम्म सिमकार्ड लिन पाउने भन्ने स्पष्ट व्यवस्था छैन ।

दोहोरो सिमकार्ड प्रयोग गर्न सकिने मोबाइल, सेवाको गुणस्तर तथा शुल्कका कारण ग्राहकले वैकल्पिक सिमकार्ड प्रयोग गरेका हुन् । यसले गर्दा छोटो समयमै दूरसञ्चार ग्राहक बढेको देखिएको हो । 

पाँच वर्षयता मोबाइल सेवा लिने ग्राहकको संख्या बढेको छ भने सेवाप्रदायक कम्पनीले पनि यसको बजारीकरणका लागि नयाँ–नयाँ योजनाहरू सार्वजनिक गर्दै आएका छन् ।

कम्पनीहरूले ल्याउने नयाँ योजनासँगै दोहोरो सिमकार्ड प्रयोगकर्ता पनि बढेका छन् । सहरी क्षेत्रमा अधिकांशले दाहोरो मोबाइल प्रयोग गर्ने प्रवृत्ति बढेकाले ग्राहक बढे पनि दुर्गम ग्रामीण क्षेत्रमा मोबाइल सेवा पुग्न अझै बाँकी छ । अन्तरनेटवर्क कल गर्दा आफ्नै नेवटर्कभन्दा बढी शुल्क लाग्नुका साथै गुणस्तर समस्याले ग्राहक दोहोरो मोबाइल प्रयोग गर्न बाध्य भएका हुन् ।

दूरसञ्चार प्राधिकरणका अनुसार नेपाल टेलिकम १ करोड २४ लाख ६७ हजार ग्राहकसहित भ्वाइस सेवामा अगाडि छ । एनसेलका १ करोड २२ लाख ७१ हजार, यूटीएल ५ लाख २३ हजार, स्मार्ट टेलिकम १२ लाख ९९ हजार ग्राहक छन् भने अन्य साना अपरेटरको हिस्सा सानो छ ।

कुल ग्राहकमध्ये १ करोड ३९ लाख ५२ हजार मोबाइल प्रयोगकर्ता छन् । कुल प्रयोगकर्ता मध्ये ९०।४० प्रतिशतमा मोबाइल प्रयोगकर्ता रहेको प्रतिवदेनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार कुल जनसंख्यामध्ये ४१ प्रतिशत ग्राहक डेटा सेवा प्रयोग गर्छन् । डायलअप, वायरलेस मोर्डेम, केबल मोर्डेम, अप्टिकल फाइबर एडीएसएल, जीपीआरएस, सीडीएमए, ईभीडीओ, वाईम्याक्सलगायतका माध्यमबाट डेटा सेवा वितरण भएको छ । 

नेपाल टेलिकम, यूटीएल, एनसेल स्मार्ट टेलिकम, एसटीएम टेलिकम र अन्य इन्टरनेट सेवाप्रदायक (आइएसपी) ले सेवा दिएका छन् । 

डेटा प्रयोगकर्ता १ करोड ९ लाख छन् । डेटा सेवामा ठूलो प्रतिस्पर्धा रहेका २ कम्पनी नेपाल टेलिकमका ६२ लाख १७ हजार र एनसेलका ४४ लाख ६३ हजार ग्राहक छन् । डेटामा टेलिकमको ५६.७७ प्रतिशत, एनसेलको ४०.७५ प्रतिशत बजार हिस्सा छ भने अरू साना अपरेटर तथा आईएसपीको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411