​नयाँ वर्षमा अनलाइन बस टिकटमा पाँच प्रतिशत छुट

मंगलवार, पौष १५, २०७१ साल,
काठमाडौं १५ पुस - अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष सन् २०१५ को अबसरमा बस टिकट काट्दा साबिक दरमा पाँ प्रतिशत छुट योजना संचालन गरेको छ ।

बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पर्शुराम खनालले यो छुट योजना डिसेम्बर ३० गतेदेखि जनवरी १४ गतेसम्म लागु जानकारी दिए । ‘अंग्रेजी नयाँ वर्ष भएपनि यो अन्तर्राष्ट्रियरूपमा मनाइने गरेको र नेपालमा पनि यसलाई आधार मानेर धेरैकाम हुनेहुदा नेपाली यात्रुहरूमा नयाँ वर्षको खुसीयाली साट्नको लागि छुट योजना संचालन गरिएको हो ।’ खनालले भने ।

बससेवाले विगत छ महिनादेखि नेपालमा अनलाइनबाट बस टिकट काट्न सकिने प्रविधिको सुरूवात गरेको हो । जसको माध्यमबाट आफु जाने बसको टिकट घरमै बसेर वा नजिकैको साइबर, कम्युनिकेशन सेन्टर तथा ट्राभल एजेन्सीबाट टिकट खरिद गर्न सकिन्छ ।

बससेवाले हाल देशभरका सयभन्दा बढी यातायात व्यवसायीहरूसँगको सहकार्यमा मुलुकका मुख्य रूटहरूमा डिलक्स् तथा एसी बसको टिकट काउन्टरको दरमा नै अनलाइनमार्फत् उपलब्ध गराउदै आएको छ ।

पोखरा, सौरहा लगायतका केहि स्थानमा भने टुरिष्ट गाडि तथा माइक्रो बसहरूका समेत टिकट उपलब्ध गराउँदै खनालले जानकारी दिए ।

अनलाइन टिकट काट्ने प्रक्रिया निकै सरल भएको उनले बताए । यात्रुले बससेवा डटकममा गइ आफु जाने गन्तब्य अथवा स्थान, मितिलगायत मागिएका विवरण भरेर ई-सेवामार्फत् रकम भुक्तानी गरि टिकट काट्न सक्नेछन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411