​नियमित कारोवार समयावधिभन्दा ३ घण्टा ढिला सुरु भएको नेप्से ६ अंकले बढ्यो, कारोवार ढिलाईप्रति नेप्सेले क्षमा माग्यो

आईतवार, श्रावन १७, २०७२ साल,
काठमाडौं । नियमित कारोवार समयावधि भन्दा ३ घण्टा ढिला सुरु भएको नेप्सेमा परिसूचक ६ अंकले बढेको छ। आइतवार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नेप्सेमा कारोवार भएको थियो। कारोवारपछि नेप्से परिसूचक १ हजार ३४ अंकमा पुगेको छ। 
 
यस दिन कूल २६ करोड ३७ लाख रुपैयाँको ५ लाख ४६ हजार कित्ता सेयर कारोवार भएको छ। १ सय १८ कम्पनीको १ हजार ८ सय ७० पटक कारोवार भयो। 
 
यस दिन बैंकिङ उपसमूह १३ अंकले उकालो लागेको छ। त्यस्तै होटल उपसमूह ३८, बीमा उपसमूह ८ तथा व्यापार उपसमूह पनि ६ अंकले बढेका छन्। हाइड्रो उपमसमूहमा १९ अंकको गिरावट आएको छ भने नेपाल टेलिकम सूचिकृत अन्य उपसमूह पनि १४ अंकले घटेको छ। 
 
यस दिन एभरेष्ट बैंकको २ करोड ३९ लाख रुपैयाँको सेयर कारोवार भएको छ भने सिटिजन्स बैंकको २ करोड १६ लाख रुपैयाँको सेयर कारोवार भएको छ। 
 
त्यस्तै सेयर लगानीकर्ताको नाफाका आधारमा संग्रिला डेभलपमेन्ट बैंक र भक्तपुर फाइनान्स अग्रस्थानमा रहे। ति कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरै सेयर नाफा कमाएका छन्। त्यस्तै सुभेच्छा विकास बैंक तथा कामना विकास बैंकका लगानीकर्ताले भने प्रतिशतका आधारमा उच्च सेयर नाफा गुमाएकमा छन्। 
 
यसैबीच नेप्सेको कारोवार ढिला भएकोप्रति नेप्सेले एक सूचनामार्फत क्षमा मागेको छ। यसअघि विद्युत आपूर्तिको समस्याले गर्दा नेप्सेको कारोवार ३ घण्टा ढिला भएको थियो। लोडसेडिङको बेला जेनेरेटर बिग्रेपछि विद्युत आपूर्तिमा समस्या भएको थियो। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411