​एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक मोबाइल बैंकिङमा डिम्याट सेवा

आईतवार, श्रावन १७, २०७२ साल,
Nmb bankकाठमाडौं । एनएमबि बैंकले आफ्नो मोबाइल बैंकिङ सेवामा डिम्याट सेवापनि समावेश गरेको छ ।
 
यसअन्तर्गत ग्राहकले मोबाइल फोनमा आफ्नो डिम्याट खाता हेर्न सक्नेछन् । मोबाइल फोनमा डिम्याट खाता हेर्न सकिने गरी सुविधा प्रदान गर्ने एनएमबि बैंक नेपालकै पहिलो बैंक हो ।
 
मोबाइल बैंकिङबाट डिम्याट खाता हेर्न सकिने भएपछि शेयरधनीहरुले जुनसुकै बेला जहाँसुकैबाट आफ्नो धितोपत्ररशेयरहरु सम्वन्धी जानकारी मोबाइलबाटै लिन सक्नेछन् ।
 
शेयरधनीहरुले बैंकमा डिम्याट खाता खोलेपछि आफ्ना शेयरहरुलाई अभौतिकीकृत रुपमा राख्न तथा आवश्यकता अनुसार कारोबार गर्न सजिलो हुने पनि बैंकले बताएको छ।
 
त्यसका अतिरिक्त डिम्याट खाताअन्तर्गत खातावालहरुको हकप्रद शेयर तथा शेयर लाभांश समेत सिधै उनीहरुको खातामा जम्मा हुने भएकोले शेयरधनीहरुको हरेक कारोबार सरल तथा सहज हुने बैँकले बताएको छ।
 
डिम्याट खाता एनएमबि बैंकका कुनै पनि शाखा वा एनएमबि बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एनएमबि क्यापिटल लिमिटेडबाट खोल्न सकिने कम्पनीले बताएको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411