गण्डकी विकास बैंकले १० करोड ५६ लाखको हकप्रद सेयर जारी गर्ने

आईतवार, श्रावन १७, २०७२ साल,
Gandaki bankकाठमाडौं । गण्डकी विकास बैंकको शनिवार सम्पन्न भएको  विशेष साधारण सभाले  १० करोड ५६ लाख रुपैयाँको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।  चुक्ता पँुजी  ३५ करोड २० लाखको ३० प्रतिशतले हुन आउने १० करोड ५६ लाख  हकप्रद शेयर जारी गर्ने भएको हो।
 
साथै साधारणसभाले बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गरी प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ। यस पश्चात बैंकको कुल चुक्ता पुँजी ४५ करोड ७६ लाख रुपैयाँ पुग्ने भएको छ।
 
बैंकले आर्थिक वर्ष २०७१/७२ मा १७ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको थियो। जुन गत आर्थिक वर्षको तुलनामा ३९ प्रतिशतले बढी हो ।
 
यस अवधिमा बैंकले  ४ अर्व ५५ करोड रुपैयाँ  निक्षेप संकलन गरी  ३ अर्व ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। साथै अहिले बैंकको निष्कृय कर्जा अनुपात शुन्य दशमलव १३ प्रतिशत मात्र  रहेको छ ।

बैंकले आफ्नो कार्यक्षेत्रका १० जिल्ला अन्र्तगत कुल २० वटा शाखा कार्यालय र केन्द्रीय कार्यालय समेत गरी कुल २१ स्थानवाट कारोवार संचालन गर्दे आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411