​एयर एसियाको विमान खोज्दा ४० शव भेटिए

मंगलवार, पौष १५, २०७१ साल,
काठमाडौं । आइतबारदेखि हराइरहेको एयर एसियाको विमान खोज्ने क्रममा जाभा समुन्द्रमा ४० शंकास्पद शव भेटिएका छन् ।

इण्डोनिसियाका अधिकारीहरुका अनुसार जाभा समुन्द्रमा विमानको टुटेफुटेका जस्ता देखिने बस्तुहरुसँगै शव भेटिएका हुन् । जाभा समुन्द्रको इण्डोनेसियातर्फको बोनियो क्षेत्रमा शव भेटिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

ति शव एयर एसिया विमानमा सवार यात्रुका हुन् की होइनन् भन्ने एकीन भै नसकेको बीबीसीले जनाएको छ ।

एक अधिकारीका अनुसार समुन्द्रमा तैरिरहेको अवस्थामा भेटिएका बस्तुहरु हराइरहेको एयर एसियाकै विमानको भएको अनुमान गरिएको छ ।

आइतबार विहान इण्डोनेसियाको सुराबायाबाट सिंगापुरका लागि १६२ यात्रु लिएर उडेको एयर एसियाको विमान सम्पर्कविहीन भएको थियो ।

विमानको खोजीमा ३० भन्दा बढी पानी जहाज, १५ एयर क्राफ्ट र सात हेलिकोप्टर परिचालन गरिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411