​नेपाल स्टक एक्सचेन्जमा ६ अंक बढीको बृद्धि, ४५ करोडको कारोवार

बिहीवार, श्रावन १४, २०७२ साल,

Stockकाठमाडौं । साता कारोवारको अन्तिम दिन नेपाल स्टक एक्स्चेन्जमा ६ दशमलव ६५ अंकले उकालो लागेको छ। यो बृद्धिसँगै नेप्से परिसूचक १ हजार २७ दशमलव ९८ अंकमा पुगेको छ। 
 
बिहिवार १ सय ४३ कम्पनीको १० लाख १ हजार १ सय ९६ कित्ता सेयर किनबेच भएको छ। ति सेयरहरुको किनबेचबाट ४५ करोड २६ लाख रुपैयाँको कारोवार भएको नेप्सेले जनाएको छ। 
 
यस दिन बैंकिङ उपसमूहमा ६.२१, बिमा उपसमूहमा २८.६३ तथा अन्य उपसमूहमा १४.१ अंकको बृद्धि भएको छ। होटल उपसमूहबाहेक अन्य उपसमूहमा थोरै अंकको बृद्धि रह्यो । होटल उपसमूहमा भने २.९२ अंकले गिरावट आएको छ। 
 
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ९३ लाख, सानिमा बैंकको २ करोड ९२ लाख, नेपाल बंगलादेश बैंकको २ करोड ७१ लाख, एभरेष्ट बैकको २ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ।
 
प्रतिशतका आधारमा नेपाल एक्सप्रेस फाइनान्सका लगानीकर्ताले ९ दशमलव ७८ प्रतिशतले सेयर नाफा कमाएका छन् भने राप्तीभेरी विकास बैंकका लगानीकर्ताले ५ प्रतिशत बढीको सेयर नाफा कमाएका छन्।  कालिञ्चोक डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने साढे ७ प्रतिशतको सेयर नोक्सानी ब्यहोरेका छन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411