खम्बुवान मुक्ति मोर्चाको चारकोसे जंगलभित्र पत्रकार सम्मेलन गर्दै मंगलबारबाट एकतर्फी युद्धविरामको घोषणा

मंगलवार, पौष १५, २०७१ साल,
काठमाडौं । पूर्वीक्षेत्रमा हिंसात्मक गतिविधि गर्दै आएको खम्बुवान मुक्ति मोर्चा ९संयुक्त० ले धरानको चारकोसे जंगलभित्र पत्रकार सम्मेलन गर्दै मंगलबारबाट एकतर्फी युद्धविरामको घोषणा गरेको छ ।

माओवादीको जनयुद्धकालीन गतिविधीको नक्कल गर्दै ‘खम्वुवान सेक्युरिटी फोर्स’ लेखेको रातो पट्टी मुखमा बाँधेका केही युवाको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका  महासचिव डेबिट खम्बुले युद्धविरामको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तिमा प्रहरीले महासचिव खम्बुलाई आपराधिक गिरोहसँग मुछेर चरित्रहत्या गरेको र झुठा मुद्दा लगाई सिध्याउन खोजेको उल्लेख गरिएको छ ।

जंगलमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाको झण्डासहित १२ जना उपस्थित थिए । उनीहरुले पूर्वका १२ जिल्लामा आफ्नो संगठन भएको र प्रत्येक जिल्लामा तालिम लिएका र नलिएका गरी ५० देखि ७० जना युवाको खम्बुवान सेक्युरिटी फोर्स रहेको दाबी गरे ।

मोर्चा र राज्यवीच ०६९ साउन २० गते वार्ता भएको थियो । सो वार्तामा भएको ६ बुँदे सहमति राज्यले पालना नगरेको खम्बुले बताए ।

खम्बुवान मोर्चा यसअघि इटहरीमा बम राखेपछि चर्चामा आएको थियो । मोर्चाले आफूहरुसहितको गोलमेच सम्मेलन, नयाँ बन्ने संविधानमा आत्मनिर्णयको अधिकारसहित खम्वुवान राष्ट्र राज्यको ग्यारेन्टी, जातीय ऐतिहासिक आधारमा संघीय राज्यको व्यवस्था लगायतका १३ बुँदे माग राखेको छ ।

विशेष गरी पूर्वी नेपाल र मधेसमा यस्ता सशस्त्र समूह जन्मने र केही समय चन्दा संकलन गरेपछि राज्यसँग वार्ता गर्दै शान्तिपूर्ण जीवनमा फर्कने गरेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411