​घट्यो नेप्से, फाइनान्‍स बाहेक सबै समुह घटे, ४२ करोड रुपैयाँको कारोबार

बुद्धबार, श्रावन १३, २०७२ साल,
काठमाडौ । बुधवार नेप्से एकाध पटक १ हजार २० मुनी पुगेपनि त्यहाबाट फर्केको देखिन्थ्यो । नेप्से अहिले १ हजार २१ बिन्दुको टेवा परिक्षणमा देखिएको छ । अघिल्लो बर्ष १ हजार ८३ पुगेर घटेको नेप्सेले यही बिन्दुमा टेवा पाएको थियो । यो बलियो टेवा भने देखिदैन् । नेप्से ६ दशमलव ४१ अङ्कले घटेर १ हजार २१ मा आइपुगेको छ ।

यस दिन वित्त कम्पनीहरुको शेयरमूल्यमा लगानीकर्ताको चाप देखिएको छ । शेयरमूल्य सर्वाधिक बढ्ने १० कम्पनीहरुमध्ये ७ कम्पनी यो समूहका रहेका छन् । युनाइटेड फाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । नेपाल एक्सप्रेस, श्री इन्भेष्टमेन्ट र लुम्बिनी फाइनान्सको शेयरमूल्य ९ प्रतिशत भन्दा बढी महँगीएको छ ।

मौद्रिक नीति सर्वाजनिक भए लगत्तै वाणिज्य र विकास बैङ्कहरुमा लगानीकर्ताहरुको चाप बढेको थियो, त्यतिखेर छायाँमा परेको वित्त कम्पनीहरुको अहिले शेयरमूल्य बढेको विश्लेषकहरु बताउँछन् । केही दिन अघि आएको उछालले गर्दा अहिले बजारमा करेक्सन भइरहेको उनीहरु बताउँछन् ।

बुधवार नेप्सेमा १ सय ४५ कम्पनीको २ हजार ६ सय ८३ कारोबारमा १ लाख १६ हजार कित्ता शेयर किनबेच भयो । यसबाट रू ४२ करोड ३६ लाख रकम परिचालन भयो । यो दिन रू १० खर्ब ५१ अर्ब बराबरको बजार पूँजीकरण भयो । 

यस दिन कारोबारमा आएका १ सय ४५ कम्पनीमध्ये ३४ कम्पनीको शेयरमूल्य महँगियो भने ९६ कम्पनीको सस्तियो । १५ कम्पनीको शेयरमूल्य स्थिर रहे । यो दिन सुमित माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्कको १० प्रतिशत सस्तियो । 

कारोबारमा आएका अधिकांश वित्त कम्पनीहरुको शेयरमूल्य बढेपछि वित्त समूहको परिसूचक शून्य दशमलव ५७ प्रतिशत बढेको छ । यस दिन होटल समूहको परिसूचक सर्वाधिक २ दशमलव ६२ प्रतिशत घटेको छ । कारोबारमा आएको ओरियन्ट, सोल्टी र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य क्रमशः रू २५, १२ र २ ले घटेपछि यो समूहको परिसूचक पनि घटेको हो । यो दिन कारोबारमा आएको सबै जलविद्युत् कम्पनीहरुको शेयरमूल्य घटेपछि जलविद्युत् समूहको परिसूचक २ प्रतिशत घटेको छ ।

सुमिट माइक्रोफाइनान्स, मनास्लु विकास बैङ्क लगायत अन्य विकास बैङ्कको शेयरमूल्य घटेपछि विकास बैङ्क समूहको परिसूचक १ दशमलव २३ प्रतिशतले घटेको हो । त्यसैगरी, बैङ्किङ् समूहको परिसूचक शून्य दशमलव ५८ प्रतिशत घटेको छ । गूराँस लाईफ इन्स्योरेन्सको शेयरमूल्य रू २० ले बढेपनि सूर्य लाईफ र नेपाल लाईफ इन्स्योरेन्सको शेयरमूल्य क्रमशः रू ३० र २० ले घटेपछि बीमा समूहको परिसूचक शून्य दशमलव ४६ प्रतिशत घटेको छ । ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशत घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411