​नेप्सेमा ५४ करोडको सेयर कारोवार, १८ अंकको गिरावट

मंगलवार, श्रावन १२, २०७२ साल,

काठमाडौं । सेयर बजारमा मंगलवार ५४ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। कूल १ सय ३७ कम्पनीको ११ लाख ३२ हजार कित्ता सेयर किनबेच भएको नेप्सेमा ३ हजार ३ सय ४९ पटक कारोवार भयो। 
 
नेप्सेको कारोवार रकम उल्लेख्य भए पनि अंकमा भने गिरावट आएको छ। १८.२६ अंक घटेर नेप्से परिसूचक १ हजार २८ अंकमा कायम भएको छ। यस दिन अन्यबाहेक सम्पूर्ण उपसमूहहरु घटेका छन्। सबैभन्दा ठूलो उपसमूह बैंकिङमा २३.५, होटल  तथा विकास बैंक उपसमूहमा २५.५ र २५.८ अंकको गिरावट आएको छ। त्यस्तै हाइड्रो उपसमूह पनि ३१.७ अंकले ओर्लिएको छ। 
 
यस दिन एभरेष्ट बैंकको ४ करोड ९ लाख, नबिल बैंकको ३ करोड ५८ लाख, प्यासिफिक डेभलपमेन्ट बैंकको संस्थापक सेयर २ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। एभरेष्ट इन्स्योरेन्स र जेबिल फाइनान्सका लगानीकर्ताले साढे ९ प्रतिशतभन्दा धेरै सेयर नाफा कमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411