​५ प्रतिशतले बढ्यो नेप्से, सवा एक घण्टामा लाग्यो तीन सर्किट ब्रेक

आईतवार, श्रावन १०, २०७२ साल,

काठमाडौ । साताको पहिलो दिन नेप्सेमा तीन सर्किट ब्रेक लागेको छ । बिहीवार सार्वजनिक भएको मौद्रिक नीतिले बैङ्क तथा वित्तीय संस्थाको चुक्ता पूँजी बढाउन लगाउने नीति सार्वजनिक गरेपछि बजारमा उछाल आएको हो ।

बजार खुलेको पहिलो १६ मिनेट नबित्दै परिसूचक ३ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेर बजार पन्ध्र मिनेटको लागि बजार स्थगित भएको थियो । १२ बजेर ३१ मिनेटमा खुलेको बजार १० मिनेट नबित्दै ४ प्रतिशतले बढेर फेरी दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि, १ बजेर १४ मिनेटमा परिसूचक ५ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लागेर बजार बन्द भएको छ ।

आइतवार नेप्से सूचकाङ्क १ हजार ५३ दशमलव ९५ विन्दु पुगेको छ । यस दिन नेप्से ५० दशमलव ५७ अङ्क (५ दशमलव शून्य ४ प्रतिशत) बढेको छ । कारोबारमा आएका सबै कम्पनीको परिसूचक बढेपछि नेप्से बढेको हो ।

यस दिन कारोबारमा आएका १ सय १४ कम्पनी मध्ये सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–१ बाहेक अन्य सबै कम्पनीको शेयरमूल्य बढेको छ । सनराइज बैङ्क, एनसीसी बैङ्क, प्राइम कमर्सियल बैङ्क लगायत १२ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आइतवार नेप्सेमा १ सय १४ कम्पनीको ८ सय २ कारोबारमा १७ लाख ४ हजार कित्ता शेयर किनबेच भयो भने रू। ३४ करोड ३ लाख कारोबार भयो । नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स ९आरएसआई० ओभरबट जोन अथवा ९२ दशमलव २१ स्केलमा रहेको छ । विगतका १४ दिनको कारोबारको आधारमा हेरिने यस सूचकले बजारमा शेयर खरीद चाप बढी रहेको संकेत गरेको छ । यो दिन एडी रेशियो १ सय १३ रहेको छ । यसले नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।

कारोबारमा आएका सबै बैङ्कहरुको शेयरमूल्य बढेपछि बैङ्किङ समूहको परिसूचक ६ दशमलव ७९ प्रतिशत बढेको छ । अरुण भ्याली, चिलिमे, सानिमा माई र नेशनल हाइड्रोपावरको शेयरमूल्य क्रमशः रू २४, ६२, २८ र ८ ले बढेपछि जलविद्युत् समूहको परिसूचक ४ दशमलव ८५ प्रतिशतले बढेको छ ।

बीमा समूहको परिसूचक ४ दशमलव ७५ प्रतिशतले बढेको छ । शेयर मूल्य उच्च बढ्ने बीमा कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्सको मूल्य रू २ सय ९५ ले बढेको छ । त्यसैगरी विकास बैङ्कको परिसूचक ३ दशमलव ४५ प्रतिशत, ‘अन्य’ समूहको १ दशमलव ६१ प्रतिशत, वित्त समूह र होटल समूहको १ दशमलव ४९ प्रतिशतले बढेको छ ।

यस दिन लुम्बिनी बैङ्कको सर्वाधिक ७१ पटकको कारोबारमा रू। ५ करोड ५ लाखको शेयर किनबेच भयो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–१ को शेयरमूल्य शून्य दशमलव ७ प्रतिशतले घट्यो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411