बजार बन्दहुँदासम्म तीन अंक बढ्यो नेप्से परिसूचक

सोमबार, पौष १४, २०७१ साल,
काठमाडौं । बजार खुल्दापछि दुई घण्टा लगातार घटेको नेप्से अन्तिम एक घण्टामा निकै सुध्रियो । बजार बन्द हुँदा अघिल्लो दिनको तुलनामा परिसूचक ३.५१ अंकले बढ्यो ।

९०३.७२मा खुलेको बजार अन्तिम समयमा ९०७.२३मा पुगेर बन्द भयो । कारोबार सुरु भएका एक घण्टामा बजार नौ अंकले घटेको थियो । एक बजेपछि बजार विस्तारै सुध्रिएको हो ।

केही बाणिज्य बैंकले सेयर बजारलाई माथि उठाएका हुन् । बाणिज्य बैंक समूहको सूचक १.८९ अंकले बढेको छ भने होटल समूहको सूचक पनि ३१.२३ अंकले बढेको छ । अन्य र  जलविद्युत समूहको सूचक पनि सामान्य दरमा बढ्यो । इन्स्योरेन्स समूहको सूचक भने थोरै घटेको छ । समहूगत रुपमा फाइनान्सका लगानीकर्ताले पनि गुमाए ।

आइतबारको तुलनामा कारोबार रक मभने घट्यो । सोमबार दिनभरमा जम्मा २२ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भयो । यसमध्ये सस्थापक समूहको करिब दुई करोड रुपैयाँको हाराहारीमा सेयर किनबेच भयो । सर्वसाधारण समूहको २२ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी सुप्रिम डेभलपमेन्ट बैंकको सस्थापक सेयर किनबेच भयो । यो बैंकको एक लाख कित्ता सस्थापक सेयर किनबेच भएको नेप्सेको तथ्यांकमा उल्लेख छ ।

बाणिज्य बैंकहरुमध्ये सिभिल बैंक लिमिटेडको ३३ हजार कित्ता, सानिमा बैंकको २३ हजार, माछापुच्छ बैंकको २३ हजार, मेगा बैंकको २० हजार र नेपाल एसविआई बैंकको २० हजार कित्ता सेयर किनबेच भएको छ । सोमबार सिद्धार्थ इन्स्योरेन्सको प्रमोटर सेयर पनि प्रतिकित्ता तीन सय ८० रुपैयाँको दरमा किनबेच भयो ।

छिमेक लघुवित्त, विराटलक्ष्मी विकास बैंक, डिप्रोक्स विकास बैंक, फस्ट माइक्रोफाइनान्स, मिथिला लघुवित्त, नागबेली लघुवित्तको सेयर मुल्य सोमबार निकै बढ्यो । मुल्य घट्ने सस्थामा नागरिक लगानी कोष, कञ्चन डेभलेमन्ट बैंक, प्राइम लाइफ इन्सयोरेन्स, शुभेक्षा विकास बैंक, स्वावलम्बन विकास बैंकलगायतका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411