​सिटी डेभलपमेण्ट बैङ्कको नाफा २४ करोड १५ लाख

बिहीवार, श्रावन ७, २०७२ साल,

काठमाडौं । विगत ८ वर्षदेखि सुरक्षित आधुनिक तथा ग्राहकमुखी बैङ्किङ सेवा प्रदान गरिरहेको सिटी डेभलपमेण्ट बैङ्कले २०७२ असार मसान्तसम्म ५ अर्ब ६ करोड ७३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४ अर्ब १६ करोड २२ लाख रुपैयाँ कर्जा लगानी गरेको बताएको छ । 

सो अवधिमा बैङ्कले २४ करोड १५ लाख सञ्चालन मुनाफा आर्जन गरेको जारी विज्ञप्तिमा उल्लेख छ । निष्क्रिय कर्जा ०।५३ प्रतिशतमात्रै रहेको पनि बैङ्कले जानकारी दिएको छ ।  ग्रामीण भेगलाई कार्यक्षेत्र बनाई बैङ्किङ सेवा दिइरहेको बैङ्कले महिला, पिछडिएका वर्ग तथा युवामा लक्षित बैङ्किङ कार्यक्रम तथा लघुवित्त कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । बैङ्कले हाल १७ शाखामार्फत बैङ्किङ सेवा सञ्चालन गर्दै आइरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411