​महेश बस्नेतले भने - नविन बिचार कोषमा अर्थमन्त्रीको आँखा नलागोस

सोमबार, पौष १४, २०७१ साल,
काठमाडौं - उद्योगमन्त्री महेश बस्नेतले नविन बिचार कोषमा अर्थमन्त्रीलाई आँखा नगाड्न आग्रह गरेका छन । मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा आर्थिक बर्ष ०७१र०७२ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा सोमबार मन्त्री बस्नेतले यस्तो बताएका हुन ।

‘नविन विचार कोष सञ्चालनमा अर्थ मन्त्रालयले आफै सञ्चालन गर्ने आशय देखाएको छ । यस कार्यक्रममा अर्थले आँखा गाड्नु हुन्न’ मन्त्री बस्नेतले भने ।

उनले मन्त्रालय नविन विचार, कोष, रुग्न उद्योग, आठ वटा संस्थानको निजिकरण, क्रसर उद्योगको समस्याको व्यवस्थापन, औद्योगिगक व्यवसाय ऐन लगायतका विषय रहेका समस्यको समाधानमा लागेको जानकारी दिए ।

उनले जनताले प्रत्यक्ष अनुभूति हुने कार्यक्रम सञ्चालनको क्रममा उद्योग मन्त्रालय लागेको बताए ।

मन्त्री बस्नेतले उद्योगमन्त्रालयको बजेट न्यून रहेकाले यसपटको बजेटमा बजेट सिलिङ् बढाउनु पर्नेमा जोड दिए । मन्त्रालयले छिट्टै व्यापकरुपमा नयाँ योजना ल्याउने तयारीमा मन्त्रालय रहेको उनले जानकारी दिए ।

उद्योगमन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले हालसम्म उद्योगको डिजिटल तथ्याङ्क नभएको बताउदैँ उद्योगको सही तथ्याङ्क नहुँदा सम्म उद्योगको विकास सम्भव नहुने उल्लेख गरे । उनले मन्त्रालयका विभाग र शाखा प्रमुखलाई युद्ध स्तरमा काम गर्न निर्देशन दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411